तीनकुने आन्दोलनका भाइरल राजकुमार ठकुरी : टिकटक लाइभबाटै हराएको सुन उकास्ने सुरमा ! – Nepal Press

तीनकुने आन्दोलनका भाइरल राजकुमार ठकुरी : टिकटक लाइभबाटै हराएको सुन उकास्ने सुरमा !

काठमाडौं । गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा भाइरल भएका राजकुमार ठकुरी अहिले टिकटकमा हटकेक बनेका छन् । सितापाइलाका राजकुमारको टिकटक लाइभलाई अहिले तीन/चार हजारले नियमित हेर्ने गरेका छन् ।

जब उनी टिकटक लाइभमा बस्न सुरु गर्छन्, गिफ्टहरूको ओइरो नै लाग्छ । राजकुमार ‘थ्यांक यु थ्यांक यु’ भनिरहन्छन् । उनी लाइभमा अरूलाई पनि जोड्छन् । गफ गर्छन् । उनको लाइभमा जोडिएका प्रयोगकर्ताले भन्छन्, ‘अब एक सातामा हराएको सुन उकास्नुपर्छ ।’ शुभेच्छुकको यस्तो कुरा सुनेपछि राजकुमार पुलकित हुन्छन् । छातीमा हात राख्दै ‘थ्यांक यु’ भन्छन् ।

लाइभमा उनलाई छोरी र छोराले साथ दिइरहेको देखिन्छ । छोराछोरीलाई कमेन्टहरू पढिदिन अनुरोध गर्छन् । छोराछोरीले पनि सहयोग गर्छन् ।

‘राजा चाहियो’ भन्दै तीनकुनेमा भएको आन्दोलनमा पुगेका राजकुमार घाँटीमा लगाएको सिक्री हराएपछि रुन सुरु गरेका थिए । उनको रोइरहेको भिडियो भाइरल बनेको थियो । तर, भिडियोमा साढे दुई तोलाको सिक्री हराएको भने पनि झण्डै साढे तीन तोलाको सिक्री चाहिँ हराएको राजकुमारको दाबी छ । भाइरल भएपछि केही युट्युब च्यानलतिर पनि अन्तर्वार्ता दिँदै हिँडेका छन् । ५० वर्षीय राजकुमारले जिमहलमा जिम गरिरहेको भिडियो पनि भाइरल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर