रास्वपाको प्रष्टीकरण- डा. राजकुमार राई ३ महिना अगाडि नै पार्टीबाट अलग – Nepal Press

रास्वपाको प्रष्टीकरण- डा. राजकुमार राई ३ महिना अगाडि नै पार्टीबाट अलग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर मिडिया र सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति आपत्ति जनाएको छ ।

केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले विज्ञप्ति जारी गर्दै नाम प्रस्तुत भएका खोटाङका कांग्रेसका पूर्वनेता रहेका डा. राजकुमार राई, भगवती रोकालगायतका व्यक्ति विगत करिब ३ महिना अगाडि देखि नै पार्टीबाट अलग भएको स्वघोषणा गरेका बताएका बताएका छन् ।

उनीहरू हाल रास्वपाको कुनै जिम्मेवारीमा नरहेको रास्वपाको प्रष्टीकरण छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी यसै विज्ञप्तिद्वारा सबै आमसञ्चारमाध्यमहरुमा जानकारी गराइन्छ ।’

कानुन उल्लंघन गर्ने जो सुकै मानिस कानूनको दायरामा आउनुपर्ने र पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानूनलाई पूर्ण सहयोग हुने कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।


प्रतिक्रिया

One thought on “रास्वपाको प्रष्टीकरण- डा. राजकुमार राई ३ महिना अगाडि नै पार्टीबाट अलग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर