राष्ट्रिय विभूति जयपृथ्वीको सालिक अनावरण


बझाङ । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको अर्धकदको सालिक बझाङ जयपृथ्वी बहुमुखी क्याम्पसमा अनावरण गरिएको छ ।
सुदुरपश्चिम विश्वविद्यालयका निवर्तमान भिसी प्रा।डा।अम्मरराज जोशीले बिहीबार सालिक अनावरण गरेका हुन् ।
जयपृथ्वी नगरपालिका–११ भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसको प्राङ्ग्रणमा बनाइएको सालिक अनावरण गर्दै निवर्तमान भिसी जोशीले राजा जयपृथ्वी बहादुर सिंहलाई मानवतावाद संगै जनचेतनाका आदर्श भएको बताए ।
जयपृथ्वीले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताउँदै निवर्तमान भिसी जोशीले सबै नेपालीले मिलेर उनको सोच र परिकल्पनाअनुरुप समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राजा जयपृथ्वीले राणाशासनकालमा विश्वमा शान्तीको कामना गर्नुका साथै मानवअधिकारका विषयमा मात्रै नभएर, शिक्षा, पत्रकारिता लगाएतका क्षेत्रमा देशविदेशमा अतुलनीय योग्दान गरेको बताए ।
सालिक अनावरण कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयका रजिष्टार प्रोफेसर यज्ञराज पाठन, भाषा साहित्यका निर्देशक प्रोफेसर डा।हरिसचन्द्र भट्ट,अनुसन्धान निर्देशक डा।दमन चलाउने, सुदुपश्चिम विश्वविद्यालय कार्यकारि परिषद सदस्य हरिकृष्ण कडायत लगाएत सहभागी भएका छन् ।