एमाले अनुभवी प्रतिपक्ष हो, त्यस्तै भूमिका खेलोस् : कार्की – Nepal Press

एमाले अनुभवी प्रतिपक्ष हो, त्यस्तै भूमिका खेलोस् : कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदलाई प्रभावकारी बनाउने दायित्व प्रतिपक्षको समेत रहेको बताएका छन् ।

संसद भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री कार्कीले संसदलाई सार्थक बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताए ।

संसदीय मामिला मन्त्रीसमेत भएकाले प्रमुख प्रतिपक्षी दलको नेतासंगै आफैले संवाद गरेको स्मरण गराउँदै मन्त्री कार्कीले आफूले आज संसद सुचारु हुने विश्वास लिएको बताए । ‘प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गर्नु मेरो कर्तव्य पनि हो । मैले आज संसद सुचारु होला भन्ने आशा लिएको थिएँ’, कार्कीले भने ।

उनले नेकपा एमाले अनुभवी प्रतिपक्षी रहेको भन्दै त्यस्तै भूमिका अपेक्षा गरेको बताए ।उनले अघिल्लो सरकारले ल्याएकै अध्यादेशहरु पारित गर्न संसद सञ्चालनमा एमालेले सहयोग गर्नुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर