नेकपा एसमा ३०१ सदस्यीय केन्द्रीय समिति, यस्तो छ सांगठनिक संरचना
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/09/nekapa-s-new-office7.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पहिलो केन्द्रीय कमिटी बैठकमार्फत पार्टीको सांगठनिक संरचनालाई मुर्तरूप दिएको छ । बैठकले आगामी तीन महिनाको कार्ययोजनासमेत तय गरेको सचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीले केन्द्रीय समितिबाहेक सबै तल्ला कमिटीहरूमा दुई उपाध्यक्षको प्रावधान तय गरेको छ । पार्टीमा पूर्ण र वैकल्पिकसमेत गरी ३०१ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ । पार्टीले ७०१ सदस्यीय केन्द्रीय परिषद्समेत निर्माण गर्ने भएको छ ।
पार्टीका विभागहरू २५ सदस्यीय हुने र १५१ सदस्यीय सल्लाहकार समिति गठन हुने पनि सचिव खतिवडाले जानकारी दिए ।
पार्टीले हरेक कमिटीमा महिलाहरूका लागि एक तिहाई र युवाहरूलाई ४० प्रतिशतको सेरोफेरोमा व्यवस्थापन गर्ने खतिवडाले बताए ।
नकपा एसले ३ महिनाको तत्कालीक कार्ययोजनासमेत बनाएको छ । यसमा दक्षिणपन्थी अवसरवाद र विसर्जनवादको भण्डाफोर गर्नेदखि वडासम्म संगठन विस्तार गर्नेसम्मका योजना रहेका छन् ।