नेपाली भूमि मिचेको भन्दै लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ असोज १२ गते १३:३२
काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् ।चीनद्वारा नेपाली भूमि अतिक्रमण सम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।
साथै कोरोना महामारीका कारण स्वदेश फर्केर जान नपाएका चीनमा चिकित्साशास्त्रलगायतका विषय पढिरहेका नेपाली विद्यार्थीको विषयमा पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
तस्विरहरु: गाैरव र अभिषेक लम्साल
प्रतिक्रिया