प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदको कागजात नियन्त्रणमा (भिडिओ) – Nepal Press

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल खरिदको कागजात नियन्त्रणमा (भिडिओ)

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।

आयोगको कार्यालय काठमाडौं र बर्दिबासको संयुक्त टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा उजुरी परेको थियो ।

टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । टोली अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *