दुई आयोगले बुझायो राष्ट्रपति समक्ष प्रतिवेदन
नेपाल प्रेस
२०७८ असोज १३ गते १६:५३
काठमाडौं । दुई संवैधानिक आयोगले बुधबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा मुस्लिम आयोग र मधेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिवेदन पेस गरेका हुन् ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी र मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमाेजिम आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया
सम्बन्धित खवर