प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै – Nepal Press

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकाे आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा मूलतः संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।

बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेतालाई आमन्त्रण गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ । अवरोध खुलाउने विषय नै सर्वदलीय बैठकको मुख्य एजेण्डा रहेको बालुवाटार स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर