लोसपाबाट राजीनामा दिएका लेखी आज एमाले प्रवेश गर्दै – Nepal Press

लोसपाबाट राजीनामा दिएका लेखी आज एमाले प्रवेश गर्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका नेता राजकुमार लेखी आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्व महामन्त्री लेखीले तीन दिनअघि लोसपा परित्याग गरेका थिए ।

साविक जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका लेखीले विचार र भावना मिल्ने पार्टी रोज्ने क्रममा आफू एमालेमा प्रवेश गर्न लागेको बताएका छन् ।

लेखीसँगैअरु नेता कार्यकर्ता पनि आजै एमालेको विधान महाधिवेशनस्थल गोदावरीमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर