एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा, आगामी चुनावमा एकल बहुमत ल्याउने संकल्प – Nepal Press

एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा, आगामी चुनावमा एकल बहुमत ल्याउने संकल्प

काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्दै नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । एमालेको महाधिवेशन मंसिर तेस्रो साता तोकिएको छ ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन् । अबको एमालेको अभियान सबै तहका अधिवेशनहरु सम्पन्न गरेर दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने र आगामी तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा केन्द्रित रहने निर्णय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर