काठमाडौंमा देउवा पक्षलाई धक्का, महानगरपालिकामा निलकाजीको प्यानल नै बिजयी (तस्बिरहरु) – Nepal Press
काठमाडौंमा देउवा पक्षलाई धक्का, महानगरपालिकामा निलकाजीको प्यानल नै बिजयी (तस्बिरहरु)
नेपाल प्रेस २०७८ असोज १७ गते १९:२६
२०७८ असोज १७ गते १९:२६

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै बिजयी भएको छ ।

आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्यले ७ सय ९६ मत ल्याइ सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् । काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको हो ।




 



तस्बिरहरु: सरोज बैजु