अखिल क्रान्तिकारीको नेतृत्व टुंगियो, महासचिवमा दिपेश पुन – Nepal Press

अखिल क्रान्तिकारीको नेतृत्व टुंगियो, महासचिवमा दिपेश पुन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । केहीबेरमा घोषणा हुन लागेको अखिल क्रान्तिकारीको नयाँ नेतृत्वमा अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनको नाम टुंगो लागेको छ ।

पन्चा सिंहको नाम माओवादी अध्यक्ष प्रचण्डले आइतबार नै टुंगो लगाएका थिए भने महासचिवमा पुनको नाम केहीबेर अघि टुंगो लागेको हो । जनार्दन शर्मा निकट पञ्चा अध्यक्ष भएपछि सन्तुलन मिलाउन दिपेश पुनलाई महासचिव बनाइएको हो ।

पुन यसअघि उपाध्यक्ष थिए । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश जनयुद्धका लडाकु समेत हुन् । नरेश रेग्मी, जीपी मैनाली लगायत उपाध्यक्षमा चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर