गुल्मीमा कांग्रेस अधिवेशन: ९ पालिकामा सर्वसम्मत नेतृत्व चयन, ३ पालिकामा मतदान – Nepal Press

गुल्मीमा कांग्रेस अधिवेशन: ९ पालिकामा सर्वसम्मत नेतृत्व चयन, ३ पालिकामा मतदान

गुल्मी । गुल्मीका ९ पालिकामा नेपाली कांग्रेसकाे सर्वसम्मत नेतृत्व चयन भएको छ भने ३ पालिकामा मतदान भएको छ । दुइ  नगरपालिकासहित १२ पालिकामध्ये ९ वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे हाे ।

गुल्मी कांग्रेसका सचिव खिलध्वज पन्थीका अनुसार जिल्लाको मदाने गाउँपालिकामा महेन्द्र थापाको नेतृत्वमा, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल नेतृत्वमा, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यस्तै, सत्यवती गाउँपालिकामा बिष्णु प्रसाद भण्डारीको विषयमा पनि सर्वसम्मत हुने सम्भावना बढेको कांग्रेस सत्यवती गाँउपालिकाले जनाएको छ ।

ईस्मा गाउँपालिकामा कृष्णप्रसाद रिजालको र गुल्मी दरवार गाउँपालिकामा प्रेम पुनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ। छत्रकोट गाउँपालिकामा धातानन्द भुषाल र रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्लको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ।

मुसिकोट नगरपालिकामा मतदान भएको हो । सभापति पदमा झविलाल भण्डारी र मोहन घिमिरे उम्मेदवार रहेका छन् । त्यस्तै, रेसुङ्गा नगरपालिकामा सभापति पदकालागि क्रमश ५ जना हरिकुमार श्रेष्ठ ,भरत भलामी , गगन क्षेत्री ,जयश्वर पन्थी र हुमा बस्नेतको दाबेदारीका रहेको छ । सहमतिको प्रयास भएपनि टुंगो लागेको छैन ।

कालीगण्डकी गाउँपालिकामा मतदान भएको छ । यहाँ सभापतिमा गोविन्द गौतम, रामप्रसाद न्यौपाने र मिनबहादुर श्रीस उम्मेदवार रहेको कांग्रेस नेता बेद थापामगरले जानकारी दिए । गुल्मीमा पार्टीको पौडेल समूह बलियो भएकाले अधिकांश सोही समूहबाट आएका छन् । नेता चन्द्र भण्डारी र चन्द्र केसीले सहमतिमा नेतृत्व चयन गर्न पहल गरेका थिए । भण्डारी पौडेल समूहका हुन् भने केसी देउवा समूहका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर