पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ – Nepal Press

पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गरिएकाे छ । ६६औँ प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्डले सम्मान गरेका हुन् ।

२००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट अवकाश लिएकी थिइन् । उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी हुन् । डंगोल अहिले ८९ वर्ष पुगिसकेकी छन् ।

दिवसका अवसरमा यस अघिका वर्षका अवकाशप्राप्त पूर्व प्रहरी महानिरीक्षक र वरिष्ठ अधिकारीलाई यस्ता अवार्ड दिइँदै आए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षक डंगोललाई दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *