केएल टावरको ‘टीभीएस रमाइलो दसैँ-तिहार योजना’, यस्ता छन् उपहार – Nepal Press

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ-तिहार योजना’, यस्ता छन् उपहार

काठमाडौं । केएल टावरले दसैँतिहारका लागि उपहारै-उपहारसहितको ‘रमाइलो दशैं तिहार’उपहार योजना सुरू गरेको छ । सो योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउँने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइनेछ । १ हजारभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिकरूपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।

बम्पर प्राइजमा एकजनालाई टीभिएस अपाचे आरटीआर १६० २भी वितरण गरिने उपहार योजनाका संयोजक हिरामणी तिमिल्सिनाले बताए । केएल टावरमा आजदेखि सिनेमा हल पनि खुलेको छ । सँगै ग्राहकको चहलपहल बढेको छ ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल संचालनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *