जीवन राईलाई केन्द्रीय सदस्य दिएर नेकपा एसले कलम चिन्ह लिने – Nepal Press

जीवन राईलाई केन्द्रीय सदस्य दिएर नेकपा एसले कलम चिन्ह लिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जीवन राईलाई केन्द्रीय सदस्य बनाएर कलम चिन्ह लिने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृतको नाममा कलम चिन्ह रहेको छ ।

एमालेमा रहदा माधव नेपाल समूहका युवा नेता जीवन राईले पार्टी नेताहरुकै सल्लाहमा गत वैशाखमा नेकपा एकीकृत दर्ता गरेका थिए भने उनी आफैं अध्यक्ष छन् ।

अब नेकपा एसमा जीवन राईलाई केन्द्रीय सदस्य बनाएर सो पार्टीलाई कानूनी रुपमा गाभ्ने र कलम चिन्ह लिने तयारी रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


प्रतिक्रिया

One thought on “जीवन राईलाई केन्द्रीय सदस्य दिएर नेकपा एसले कलम चिन्ह लिने

  1. फागुन २३, २०७७ देखि नै माधव नेपाल नयाँ पार्टी बनाउनमा लागेका थिए तर नेता कार्यकर्तालाई भ्रमित बनाउन वार्ता र सहमतिको नाटक गर्दै वैशाखमा जीवन राईको नेतृत्वमा पार्टी दर्ता गरे। फेरि पनि वार्ताको नाटक भइरह्यो। अहिले कलम चिन्ह लिन तिनै राईलाई केन्द्रीय सदस्य दिएर पार्टी एकताको नाटक हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर