पर्यटन व्यवसायी र पर्वतारोहीहरुको समूह एमालेमा प्रवेश (सूचीसहित) – Nepal Press

पर्यटन व्यवसायी र पर्वतारोहीहरुको समूह एमालेमा प्रवेश (सूचीसहित)

काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न व्यवसायी र पर्वतारोहीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनको उद्घाटन समारोहमा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले स्वागत गरेका थिए । पर्यटन क्षेत्रमा क्रियाशील रहेका व्यक्तिहरु एमालेमा प्रवेश गरेको सो कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा चर्चित पर्वतारोही महिला माया शेर्पा लगायत पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

प्रवेश गर्नेहरु ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, मनाङ लगायत जिल्लाका छन् । एमालेको पर्यटन इलाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर