महाकाली टापुमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिँदै, सेती नदीमा ५९ जना फसे
कैलाली । महाकाली नदीको टापुमा फसेकाहरुलाई हेलिकप्टरबाट उद्धार गरिँदै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना महाकाली नदीको टापुमा फसेका छन् । उनीहरुको उद्धारकाे लागि हेलिकप्टर मगाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले बताइन् ।
‘हामी महाकाली क्षेत्रमै छौं’ उनले भनिन्, ‘ यहाँ अलपत्र रहेकाहरुलाई उद्धार गर्न हेलिकप्टर आउदै छ । एकै परिवारका उनीहरु अहिले रूपमा चढेर ज्यान जोगाइरहेका छन् ।’
महाकालीमा जस्तै मोहन्यालको खिमडीमा पनि चार जन अलपत्र रहेको उनले बताइन् । मन्त्री जोशीले सेती नदीको टापुमा ५५ जना फसेको बताइन्। उनीहरुको उद्धार गर्न हेलिकप्टर आवश्यक पर्ने उनले बताइन् ।
सेती नदी तटीय क्षेत्र ढुंगाड पुरै जलमग्न भई८० ९० भन्दा पनि बढी मानिसको ज्यान जोखिमपूर्ण अवस्थामा रहेको छ । उनीहरु नदीको टापुमा उद्धारको लागि गुहार मागिरहेका छन् ।