दैलेखमा एमाले अधिवेशन सारियो, वडा अघिवेशन १२ र पालिकामा १५ गते हुने – Nepal Press

दैलेखमा एमाले अधिवेशन सारियो, वडा अघिवेशन १२ र पालिकामा १५ गते हुने

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशनको मिति सारेको छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो ।

‘वर्षातले पनि हामीलाई समस्या पारेको छ । संगठित सदस्यताको काम पनि टुंगिएको छैन,’ एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले भने, ‘सोही आधारमा हामीले कात्तिक ९ गते पालिकास्तरमा वैठक बोलाएका छौं भने कात्तिक १२ गते हामीले वडा अधिवेशन गर्ने निर्णय गरेका छौं । कात्तिक १५ गते पालिका अधिवेशन सम्पन्न गर्नेछौं ।’

उनले जिल्ला कमिटिको वैठकद्वारा पालिका तथा वडा कमिटीको अधिवेशनका लागि जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु समेत खटाइएको छ ।

हरेक वडामा जिल्ला कमिटीका सदस्यलाई अधिवेशन गर्ने जिम्मेवारीसमेत तोकिए सकिएको उनले जानकारी दिए ।

हेर्नुस, एमाले दैलेखको आन्तरिक सर्कुलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर