आलमको मुद्दामा आजपनि सुनुवाइ भएन – Nepal Press

आलमको मुद्दामा आजपनि सुनुवाइ भएन

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आजपनि सुनुवाई नहुने भएको छ । जमानतका लागि आलमले दिएको निवेदन उपर आज सर्वोच्च अदालतमा सुनुवाई हुने भनिएपनि महान्यायाधिवक्ताको कार्यालयको माग बमोजिम सुनुवाई स्थगित गरिएको हो ।

सो मुद्दा आज न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो ।रौतहटबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य (हाल निलम्बित) आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

जिल्ला अदालत र उच्च अदालतले हिरासतमै राखेर मुद्दा चलाउन आदेश गरेको थियो । त्यसविरुद्ध आलमले दिएको रिटमा लामो समयदेखि सुनुवाई हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर