सरकारको काम सोचेजस्तो नभएको गगनको भनाइ, सय दिनसम्म जनतामा आशा नजागेको टिप्पणी – Nepal Press

सरकारको काम सोचेजस्तो नभएको गगनको भनाइ, सय दिनसम्म जनतामा आशा नजागेको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामगराई अपेक्षित नरहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेको टिप्पणी गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारलाई काम नगर्ने वा समय खेर फाल्ने छुट नरहेको भन्दै थापाले सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नै गम्भीर हुनुपर्ने बताए । ‘धेरै राजनीतिक परिवर्तन पछिका धेरै समय हामीले खेर फालेका छौं । हामीले यो मौका पनि खेर फाल्दैछौं की भनेर डर लागेको छ । सरकारले कामको लय पक्रन सकेको छैन’, थापाले भने ।

विद्युत खपत बढाउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने भन्दै थापाले विद्युत प्राधिकरणको प्रतिष्ठा जोगाउने गरी काम हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर