बरिष्ठ अधिवक्ताको उपाधी सम्बन्धी सिफारिस कार्यन्वयन गर्न नेपाल बारको आग्रह – Nepal Press

बरिष्ठ अधिवक्ताको उपाधी सम्बन्धी सिफारिस कार्यन्वयन गर्न नेपाल बारको आग्रह

काठमाडौं । नेपाल बार एशोसियसनले ४ वर्षदेखि रोकिएको बरिष्ठ अधिवक्ताको उपाधी प्रदान गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ । बारको असोज १ गतेको पूर्ण बैठकको निर्णय पुनः अनुरोध गर्दै महासचिव लीलामणि पौडेलले सिफारिस कार्यन्वयन नगर्दा आशंका र अविश्वास बढ्ने बताएका छन् ।

पौडेलले शुक्रवार प्रेस विज्ञप्ति गरी प्रचलित कानून र मापदण्ड २०७६ अनुसार निर्णय गरि योग्यता पुगेका अधिवक्ताहरुलाई बरिष्ठ अधिवक्ताको उपाधीप्रदान गर्न सिफारिस समिति र अदालतको फुलकोर्टसँग माग गरेका हुन् ।

एक वर्षअघि नै बरिष्ठ अधिवक्ताको योग्यता पुगेका कानून व्यसायीहरुको विवरकण संकलन गरि बुझाइएको समेत बारले स्मरण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर