रारा-सेफोक्सुन्डो-जोमसोम ट्रेकिङ गएका इटालियन नागरिकसहित ८ जना सम्पर्कविहीन – Nepal Press

रारा-सेफोक्सुन्डो-जोमसोम ट्रेकिङ गएका इटालियन नागरिकसहित ८ जना सम्पर्कविहीन

काठमाडौं । राराबाट डोल्पाको से फेक्सुन्डो हुँदै जोमसोम निस्किने गरी ३७ दिन लामो ट्रेकमा निस्किएका एक इटालियन नागरिकसहित ८ जना सम्पर्कविहीन भएका छन् ।

रोयल माउन्टेन ट्रेकबाट सेप्टेम्बर २३ मा मुगु पुगेका इटालियन नागरिक गिनो काटिनी र उनका सहयोगीहरू दुई दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

त्यो रूटमा आवासको व्यवस्था नभएकाले क्याम्पिङका लागि ५ जना र दुई जना घोडासहितका सहयोगी लिएर काटिनी ट्रेकिङमा निस्किएको रोयन माउन्टनेन ट्रेकका प्रबन्ध निर्देशक सुरेश कुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

‘राराबा ट्रेक सुरु गर्न केटिनीसहित ८ जनाको टोली सेप्टेम्बर २३ मा मुगुतर्फ लागेको थियो,’ उनले भने, ‘डोल्पाको छार्काबोटेबाट अन्तिम सम्पर्क २० अक्टोबरमा भएको थियो । त्यसयता उनीहरूसँग सम्पर्क भएको छैन ।’

उनीहरू जोमसोम आउनका लागि ५ हजार ५ सय मिटरसम्मको हिमाल पारे गरेर आउनु पर्ने श्रेष्ठले बताए । उनीहरू अक्टोबर २२ अर्थात हिजो मुस्ताङको सान्ता भिलेज आइपुग्नु पर्ने भए पनि आइनपुगेकाले हराएको हुन सक्ने श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *