भीम रावलको राजीनामाबारे ओलीले भनेः सकिनँ भन्नुभो, ठूलो कुरा होइन – Nepal Press

भीम रावलको राजीनामाबारे ओलीले भनेः सकिनँ भन्नुभो, ठूलो कुरा होइन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।

‘संयोजन मैले सकिन त्यसकरण मेरो राजीनामा भन्नुभयो,’ शनिबार पार्टी कार्यालयमा ओलीले भने, ‘त्यत्रो ठूलो कुरो पनि होइन। लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’

१० बुँदे कार्यन्वयनमा ओली प्रतिवद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयन गर्न सहजिकरणका लागि बनाइएको कार्यदलबाट रावले हिजो राजीनामा दिएका थिए।

ओलीले १० बुँदे कार्यन्वयन भइसकेको र बाँकी रहेका ठाउँमा रचनात्मक ढंगले हुने बताए। उनले भने, ‘१० बुँदे कार्यन्वयन सबैतिर भइसक्यो । केही-केही ठाउँमा रहेको भए रचनात्मक ढंगले कार्यन्वयन हुन्छ । त्यसमा समस्या छैन् ।’

पार्टीमा कुनै १० भाइ भन्ने समूह नभएको ओलीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर