सिसा ‘अनलोड’ गर्ने क्रममा च्यापिएर कामदारको मृत्यु – Nepal Press

सिसा ‘अनलोड’ गर्ने क्रममा च्यापिएर कामदारको मृत्यु

पर्सा । सिसा ‘अनलोड’ गर्ने कममा च्यापिएर कामदारको मृत्यु भएको छ । वीरगंज महानगरपालिका-१५ वाईपासस्थित मनिष अग्रवालको गोदाममा एचआर ५८ ए ३७७१ नम्बरको भारतीय ट्रकबाट सिसा अनलोड गर्ने क्रममा सिसा मा च्यापिएर सोही महानगरपालिका-१९ बरवाटोल बस्ने ३८ वर्षीय सुरेन्द्र साह तेलीको मंगलबार दिउँसो मृत्यु भएको हो ।

सिसाले च्यापिएर गम्भीर घाइते भएका उनको उपचारका लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै भएको मृत्यु प्रहरीले जनाएको छ ।

हाल फरार रहेका ट्रकका चालक र सहचालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *