भैरहवामा विष्णु पौडेल र घनश्याम भुसाल निकटको निर्वाचन, पौडेल पक्षको सेट नै विजयी – Nepal Press

भैरहवामा विष्णु पौडेल र घनश्याम भुसाल निकटको निर्वाचन, पौडेल पक्षको सेट नै विजयी

रूपन्देही । रूपन्देहीको सिद्वार्थनगर नगर कमिटीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वको लागि भएको निर्वाचनमा चक्र बहादुर थापा विजयी भएका छन् ।

एमाले उपमहासचिव बिष्णु प्रसाद पौडेल निकट उनले अर्का उपमहासचिव घनश्याम भुषाल निकट थानेश्वर पौडेललाई १ सय ४ मत अन्तरले पराजित गरेका हुन् । २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २ सय २३ मत खसेको थियो । जसमध्ये थापाले १ सय ६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गर्न सके ।

यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरी बिजयी भएका छन् । उनले १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन् । सचिवमा उद्योग ब्यापार संगठनका निर्वतमान अध्यक्ष रहेका नारायण प्रसाद भण्डारी र पूर्व कृषि मन्त्री घनश्याम भुषालका स्वकीय सचिव समेत रहेका मनोज कुमार रिजालको उम्मेदवारी परेको थियो । सचिवमा नारायण प्रसाद भण्डारीले मनोज कुमार रिजाललाई १ सय ५४ मतले पराजित गरे ।

नेता पौडेल र भुषाललाई समर्थन गर्ने समूहरु बीच सहमति हुन नसकेपछि ३ पदको लागि निर्वाचन भएको थियो । जसमा बिष्णु प्रसाद पौडेल समर्थकहरुको सेट नै निर्वाचित भएको छ । नेकपा एमाले सिद्धार्थनगर कमिटीको अन्य पदमा भने सर्वसम्मतिमै निर्विरोध गरिएको छ । समितिको उपसचिवमा कुमार गुरुङ र माया कंडेल निर्वाचित भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर