आर्यनलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
नेपाल प्रेस
२०७८ कार्तिक ११ गते १७:०२
मुम्बई । लागूऔषध मुद्दामा न्यायिक हिरासतमा रहेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन अन्ततः धरौटीमा रिहा हुने भएका छन् । बम्बइ उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
तीन साता हिरासतमा रहेका उनलाई धरौटीमा छाड्न मुम्बई अदालतले बिहीबार बेलुका आदेश दिएको एनडीटीभीले जनाएको छ । २३ वर्षिय आर्यन अक्टोबर ३ मा क्रुजमा ड्रग्स पार्टी आयोजना गर्ने क्रममा पक्राउ परेका थिए ।
यसअघि दुईपटक अदालतले आर्यनको धरौटी आग्रहलाई अस्वीकार गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर