विद्युतीय भोटिङ मेसिनमा एमाले नेताले गरे मतदानको पूर्वाभ्यास (भिडिओ) – Nepal Press

विद्युतीय भोटिङ मेसिनमा एमाले नेताले गरे मतदानको पूर्वाभ्यास (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विद्युतीय मेसिनमार्फत नमुना मतदान भएको छ । मंसिर १०-१२ मा तय गरिएको १०औं महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने एमालेले निर्णय गरिसकेको छ ।

शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय बैठकअघि नेताहरुले मेसिनमा मतदानको नमूना अभ्यास गरेका हुन् ।

युवा वैज्ञानिकद्वय राम-लक्ष्मणले बनाएको विद्युतीय मतदान मेसिन प्रयोग गर्नेबारे निर्णय लिन नमूना मतदान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर