एमाले महाधिवेसनका लागि १२ वटा समिति गठन – Nepal Press

एमाले महाधिवेसनका लागि १२ वटा समिति गठन

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।

संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयम्सेवक परिचालन गठन गरेको छ । यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि बनाइएको मूल समितिका सदस्य रघुजी पन्तले जानकारी दिए । ती समितिका संयोजक र सदस्यहरुको नाम भने टुंगो लाग्न बाँकी रहेको छ ।

बैठकमा समितिका सहसंयोजक सुरन्द्र पाण्डेले महाधिवेसन स्थल र तयारीबारे जानकारी गराएका थिए । एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर