एमाले महाधिवेसनका लागि १२ वटा समिति गठन, यी हुन् संयोजक – Nepal Press

एमाले महाधिवेसनका लागि १२ वटा समिति गठन, यी हुन् संयोजक

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।

संयोजक रामबहादुर थापा (बादल)को संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन गठन गरेको छ । यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि बनाइएको मूल समितिका सदस्य रघुजी पन्तले जानकारी दिए ।

बैठकमा समितिका सहसंयोजक सुरन्द्र पाण्डेले महाधिवसन स्थल र तयारीबारे जानकारी गराएका थिए । एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

एमालेद्वारा गठित विभिन्न समितिका संयोजकहरु यसप्रकार छन्ः

प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल
जनपरिचालनः सुरेन्द्र पाण्डे
प्रचारप्रसार: योगेश भट्टराई
स्वास्थ्यः भानुभक्त ढकाल
आर्थिकः विष्णु रिमाल
मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन: कपिल पोखरेल /पार्वती रावल
मुल व्यवस्थापन समिति: बादल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर