‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’ – Nepal Press

‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् ।

एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताए । उनले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गरे।

ओलीले भने- जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।

अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।

म अस्पताल जाँदा यिनको अनुहार चम्किन्छ

अध्यक्ष ओलीले प्रचण्ड–माधव लगायत अहिलेको सत्ता गठबन्धनका नेताहरुको काम केपी ओली,केपी ओली भन्दै धारे हात लाउने बाहेक अरु केही नरहेको टिप्पणी गरे । ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाए ।

ओलीले भने– म अस्पताल गएँ भनेपछि नियीहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो । अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ । यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ,कसरी सिध्याउन सकिन्छ त्यही हो नियहिरुको राजनीति ।


प्रतिक्रिया

One thought on “‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

  1. केको चुच्छे नक्साको फुर्ती लगाउँछौ त्यो नक्सा छापेर मात्र के हुने हो र ? ब्यबहारमा लागू गर्न सक्नु पर्दछ त्यो सकेनौं सस्तो लोकप्रीयताको लागि सिधा साधा जनताहरुलाई भ्रममा राखेर आफ्नो लोकप्रीयता सुधार्न खोजेका त हौ नि बुढा के बढी गफ दिन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर