बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न न्यायाधीशहरु इजलास फर्किनेबारे छलफल हुँदै – Nepal Press

बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न न्यायाधीशहरु इजलास फर्किनेबारे छलफल हुँदै

महाअभियोग लगाइहाल्न प्रचण्डलाई सत्ता गठबन्धन पक्षधर वकिलको सुझाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा वा महाअभियोगको माग राख्दै सडकबाट भइरहेको विरोधलाई साथ दिँदै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट बन्दी प्रत्यक्षीकरणका मुद्दाको सनुुवाईका लागि इजलास फर्किने भएका छन् ।

शुक्रवारको बैठकमा न्यायाधीशहरुबीच बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नुपर्नेबारे छलफल भएको थियो । आज अदालत खुलेपछि न्यायाधीशहरुबीच पहिले बैठक बस्ने र त्यसपछि बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुको सुनुवाइ गर्ने सम्भावना रहेको एक न्यायाधीशले बताए ।

लामो समय इजलास बहिस्कार गर्दा राम्रो सन्देश नजाने र बन्दी प्रत्यक्षीकरणका मुद्दा समेत प्रभावित हुँदा न्यायाधीशविरुद्ध जनमत बन्ने भएकाले एक कदम पछि हट्न लागिएको उनले बताए ।

नेपाल बारले आजबाट शुरु गर्ने आन्दोलनको स्वरुप हेरेपछि न्यायाधीशहरुको आगामी कदमबारे थप निर्णय हुनेछ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधान न्यायाधीशविरुद्धको कदमका बारेमा गठबन्धन पक्षधर कानून व्यवसायीहरुसँग छलफल गरेका छन् ।

प्रचण्डलाई उनी निकट कानून व्यवसायीहरुले प्रधान न्यायाधीशलाई नबोक्न र राजिनामा नदिए महाअभियोग लगाउन दबाब दिएका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा विदेशमा भएका बेला कांग्रेसका समेत केही सांसदको हस्ताक्षर गराएर महाअभियोग दर्ता गराउन उनीहरुले सुझाव दिएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर