प्रहरीले थप्पड हानेको भन्दै सुशान्त खत्रीको आक्रोश
काठमाडौं । चर्चित डान्सर सुशान्त खत्रीले नेपाल प्रहरी आफूलाई बिनाकारण झापड हानेको बताएका छन् । आफ्नो इन्स्टाग्राम स्टोरीमा उनल प्रहरीप्रति अब सम्मान नरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘कसैलाई बिना कारण झापड हान्न पाइँदैन,’ उनले लेखेका छन्, ‘पुलिस भनेको जनताको सेवा गर्ने मान्छे हो, त्यही मान्छेले हात हाल्ने ? यो गलत हो । हामी पुलिस भनेर सम्मान दिन्छौं, हामीलाई पनि त्यही सम्मान चाहिन्छ । सीधै झापड हान्न पाइन्न ।’
खत्रीले घटना विवरण भने दिएका छैनन् । यद्यपि, काठमाडौंको एउटा क्लवमा प्रहरीसँग उनको लफडा परेको बुझिएको छ । खत्रीले यस विषयमा फेसबुक र इन्स्टाग्राममा लाइभ आएर जानकारी दिने बताएका छन् ।
३७ वर्षिय खत्री भारतको टिभी रियालिटी शो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा भाग लिएर चर्चामा आएका थिए । उनी गायनमा पनि संलग्न छन् ।