समझदारीको आधारमा सुदूरपश्चिमको नेतृत्व फेरिन्छ, हामी सरकार बनाउछौं : नेकपा एस – Nepal Press

समझदारीको आधारमा सुदूरपश्चिमको नेतृत्व फेरिन्छ, हामी सरकार बनाउछौं : नेकपा एस

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूर पश्चिम कमिटीले सुदूरपश्चिम सरकार केही समय पछि समझदारीको आधारमा परिवर्तन हुने संकेत गरेको छ । आज संसदिय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एसले प्रदेशमा सबै भन्दा ठुलो दल रहेको भन्दै सरकारको नेतृत्व लिने विषयमा छलफल गर्ने जनाएको छ ।

कात्तिक १० गते धनगढीमा सम्पन्न भएको प्रदेश कमिटीको बैठकले पनि सरकारको नेतृत्व गर्न छलफल गर्नु पर्ने विषयमा छलफल भएको थियो । सोमबार दलको कार्यालयमा उक्त निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीकि केन्द्रिय सचीव तथा सुदूरपश्चिमकी इन्चार्ज गरिमा शाहले ठूलो पार्टीको हैसियतमा गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा दाबी रहेको बताएकि हुन् ।

‘हामी यहाको सबै भन्दा ठूलो दल हौं । त्यसैले प्रदेश सरकारको नेतृत्वमा हाम्रो दाबी रहन्छ’ उनले भनिन् ‘अहिले होइन केही समय पछि समझदारी गर्दै हामी सरकारको नेतृत्व गर्न केन्द्रसंग छलफल गर्नेछौं ।’

नेकपा (एकीकृत समाजवादी)का १४ सांसद छन् । माओवादीका १३, काङ्ग्रेसका १२, एमालेका ११ प्रदेश सभा सदस्य रहेका छन् । त्यस्तै जनता समाजबादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १/१ प्रदेश सभा सदस्य छन् ।
हाल एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ । अहिले २/२ प्रदेशमा नेतृत्व गर्ने सहमति भएपनि केही समय पछि फेरि जिम्मेवारी फेरफार हुने भन्दै शाहले त्यसबेला प्रदेशमा नेकापा एसले नेतृत्व गर्ने बताइन् ।

त्यस्तै १० गतेको बैठकले आउँदो कात्तिक २० गते भित्र जिल्ला कमिटी गठन तथा विस्तार गर्ने, कात्तिक मसान्तसम्म स्थानीय तहका पालिका कमिटी, मंसिर १५ गतेभित्र सबै पालिकाका वडा कमिटी, मंसिर २० गते भित्र प्रदेश र संघीय निर्वाचन क्षेत्र कमिटी विस्तार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका प्रदेश कमिटी सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए ।

‘कात्तिक २० गतेभित्र पार्टी सदस्यता वितरणको काम सकेर मंसिर ३ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत भएको छ’ सुवेदीले पत्रकार सम्मेलनमा बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर