एमाले धनगढी नगर अध्यक्षमा जोशी सर्वसम्मत चयन – Nepal Press

एमाले धनगढी नगर अध्यक्षमा जोशी सर्वसम्मत चयन

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा एमालेको नेतृत्व रामचन्द्र जोशीले गर्ने भएका छन् । जिल्ला अधिबेशनले जोशीलाई अध्यक्षमा चयन गरेको हो ।

४२ वर्षका जोशीले बाजुरामा ०५४ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका थिए । गाउँ कमिटी उपाध्यक्ष हुँदै इलाका कमिटी उपाध्यक्ष रहेका उनी यसअघि नगर संयोजक थिए ।

सामाजिक क्षेत्रमा सक्रिय रहेका जोशीले एक कार्यकाल नगर कमिटी सदस्यसमेत थिए ।

अधिबेशनले उपाध्यक्षमा जगदीश चौधरीलाई चयन गरेको छ । सचिवमा प्रेम महरा र उपसचिवमा झुम अधिकारी र दिप्ती शाही चयन भएका हुन् ।

अधिबेशनले पदाधिकारी सहित ८५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

घोषणासभामा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, कैलाली इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमूनि राना, सह इन्चार्ज लिला भण्डारीलगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर