पहिलोपटक चीन र नेकपा (एस)बीच संवाद : सीपीसी नेताले गरे अध्यक्ष नेपालसँग छलफल
काठमाडौं । उत्तरी छिमेकी चीनले एमालेबाट विभाजित नयाँ दल नेकपा (एकीकृत समाजवादी)सँग संवाद थालेको छ । दशैँअघि एमाले र माओवादी केन्द्रलाई मिल्न सुझाएको चीनले शुक्रबार नेकपा (एस)सँग संवाद गरेको हो ।
नेता मिलन तुलाधरका अनुसार एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेबीच भर्चुअल छलफल भएको हो ।
एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन भएपछि पहिलोपटक नेकपा एससँग चीनले संवाद गरेको हो । सीपीसीको सय वर्ष पुरा भएको सन्दर्भमा संवाद भएको जनाइएको छ । नेता तुलाधरका अनुसार नेता नेपालले कोरोना महामारी रोकथाममा चीनले गरेको सहायतालाई लिएर धन्यवाद दिएका थिए ।