आन्दोलनका अगुवा न्यायाधीशबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा – Nepal Press

आन्दोलनका अगुवा न्यायाधीशबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्ने आन्दोलनमा सहभागी सिनियर न्यायाधीशहरुबाहेकको इजलास तोकेका छन् ।

आन्दोलनलाई साथ दिएर इजलास बहिस्कार गर्दै आएका विश्वम्भर श्रेष्ठबाहेक सर्वोच्च अदालतका सिनियर न्यायाधीशहरुलाई भने पेशी तोकिएको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आन्दोलनकारी न्यायाधीशहरुसँग वार्ता चलिरहेकाले आज पनि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाएका छैनन् । उनी आफूले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र हेर्ने भएका छन् ।

आज विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्मा लगायतका न्यायाधीशको इजलासमा मात्र बन्दी प्रत्यक्षीकरणका मुद्दा राखिएको छ ।

प्रधानन्यायाधीश हटाउने आन्दोलनको नेतृत्व गरिरहेक दीपक कार्की, मीरा खड्का,अनिल सिन्हा, हरिकृष्ण कार्की लगायतका न्यायाधीशहरुको भने इजलास तोकिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर