प्राइम कमर्सियल बैंकद्वारा १६.६३ प्रतिशत लाभांश प्रस्ताव
नेपाल प्रेस
२०७८ कार्तिक २३ गते ११:३०
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा करिब ३ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको कुल चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर