शम्भु थापाको आक्रोशित टिप्पणी- प्रधानन्यायाधीश पैसामा लिप्त भए, न्यायालय टुकुचा भयो (भिडिओ) – Nepal Press

शम्भु थापाको आक्रोशित टिप्पणी- प्रधानन्यायाधीश पैसामा लिप्त भए, न्यायालय टुकुचा भयो (भिडिओ)

काठमाडौं । वरिष्ठ कानून व्यवसायी शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायधीस ‘पैसामा लिप्त भएको’दाबी गरे ।

नेपाल बार एशोसिएसनद्वारा आयोजित न्यायपालिकाको संकट र निकास विषयक छलफल कार्यक्रममा बोल्दै थापा प्रधानन्यायधीशमाथि खनिएका थिए । उनले यस्तो प्रधानन्यायाधीश ‘न भुतो न भविष्यति’ भएको बताए ।

थापाले भने, ‘अहिलेको प्रधानन्यायाधीश पैसामा लिप्त हुनुभयो । आर्थिक विचलनमा लिप्त हुनुभयो । हरिकृष्ण कार्कीको प्रतिवेदन पल्टाएर हेर्नुस् । कि त्यसका सत्प्रतिशत कुरा गल्ति छ भन्नुस्, होइन भने बोल्नुस् ।’

उनले प्रधानन्यायाधीशको भ्रष्टाचारविरुद्ध खुलेर बोल्न कानून व्यवसायीलाई आह्वान गरे ।

‘प्रधानन्यायाधीशले भ्रष्टाचारीलाई जोगाउनुहुन्छ भन्ने होइन, आफैं भ्रष्टाचार गर्नुहुन्छ भनेर बोल्नुस् । थाहा छैन भने नबोल्नुस् । थाहा भएर पनि बोल्नुहुन्न भने ठीकै छ । यदि शुद्ध छन् भने मलाई कन्भिन्स्ड गर्नुस,’ थापाले भने ।

न्यायालय अहिले टुकुचाभन्दा बढी बिग्रिएको थापाले बताए ।

उनले भने, ‘बारका अध्यक्षले नै भन्नुभयो प्रधानन्यायधीश बिचौलियाको नाइके भनेर । त्यहाँ त करोड घटीको कुरै हुँदैन । अरब-अरबको कुरा छ ।’


प्रतिक्रिया

One thought on “शम्भु थापाको आक्रोशित टिप्पणी- प्रधानन्यायाधीश पैसामा लिप्त भए, न्यायालय टुकुचा भयो (भिडिओ)

  1. ए बाबा ! यिनले पनि अरूलई भ्रष्टाचारमा लिप्त भए भन्न भ्याए । के दिन देख्नु परेकाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर