गण्डकी एमाले सर्लक्कै जेठ २ मा फर्कियो – पिएसले छाडे, किरणको पुनर्वहाली (सूचीसहित) – Nepal Press

गण्डकी एमाले सर्लक्कै जेठ २ मा फर्कियो – पिएसले छाडे, किरणको पुनर्वहाली (सूचीसहित)

पोखरा । नेकपा एमालेभित्र कतिपय जिल्ला र सुदूरपश्चिम सिंगै प्रदेशमा १० बुँदे सहमति र जेठ २ को विवाद चर्किरहेका बेला कुनै समस्या नै नरहेको गण्डकी प्रदेश कमिटी भने सर्लक्कै २०७५ जेठ २ मा फर्किएको छ ।

गण्डकीमा एमाले विवादको बेला पनि केपी ओली पक्षको एकल वर्चश्व थियो । प्रायः सबै जिल्ला कमिटी पनि संस्थापन पक्षकै नेतृत्वमा थिए भने जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङ र पछिका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ तथा प्रदेश अध्यक्ष जगत विश्वकर्मा पनि एउटै समूहका नेता हुन् ।

तर गण्डकी प्रदेश कमिटी जेठ २ अघिकै अवस्थाबाट क्रियाशील गराउने निर्णय भएको छ । जेठ २ अघिका प्रदेश संयोजक किरण गुरुङको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नै पूरानो संरचना व्युँताउने घोषणा गरेपछि उनी इन्चार्जको जिम्मेवारीबाट हटेका छन् ।

अब एमाले गण्डकीको संयोजक किरण गुरुङ र सचिव जगत विश्वकर्मा भएका छन् । जेठ २ अघिका सहसंयोजक गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएकाले जगत विश्वकर्मालाई सचिव बनाइएको हो ।

यसअघि नेकपा विभाजनपछि जगत प्रदेश कमिटीको अध्यक्ष र गोविन्द नेपाली सचिव थिए । अब गोविन्द नेपाली साबिककै कार्यालय सचिव बनेका छन् ।
पोखरामा सम्पन्न बैठकले ३०० जनालाईं प्रदेश कमिटी सदस्यमा मनोनित गरेको नेपालीले बताए । यसअघिका १०९ जना सदस्य समेत थप्दा अब ४०९ सदस्यीय प्रदेश कमिटी बनेको छ ।

त्यस्तै ५३ जना थपेर ६७ सदस्यीय सचिवालय गठन भएको नेपालीले बताए । एमाले गण्डकी प्रदेश कमिटीका पछिल्ला निर्णय र मनोनित सदस्यहरुसहितको सर्कुलर यस प्रकार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर