प्रचण्डसँग बिदा मागेरै नेकपा एसमा प्रवेश गर्ने तयारीमा रामचन्द्र झा, रामकुमार रोकिए – Nepal Press

प्रचण्डसँग बिदा मागेरै नेकपा एसमा प्रवेश गर्ने तयारीमा रामचन्द्र झा, रामकुमार रोकिए

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले सो पार्टी परित्याग गरेका छन् । झा नेकपा एसमा प्रवेश गर्ने भएका छन् ।

उनी तत्कालीन एमालेमा माधव नेपाल समूहको जनकपुरका नेता थिए । पछि माओवादी प्रवेश गरेर बाबुराम भट्टराईको नयाँ शक्ति हुँदै पुनः माओवादीमा फर्किएका थिए ।

केपी ओलीविरुद्धको लडाइँमा माधव नेपाल र प्रचण्डलाई साथ दिएको भन्दै झाले प्रचण्डसँग सल्लाह गरेरै माधव नेपालको पार्टीमा प्रवेश गर्न लागेको बताएका छन् । चाँडै नै एक कार्यक्रमबीच झा नेकपा एसमा प्रवेश गर्ने बताइएको छ ।

झासँगै माओवादीका अर्का असन्तुष्ट नेता रामकुमार शर्मा पनि नेकपा एसमा प्रवेश गर्ने भनिएकोमा उनी भने रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर