केन्द्रीय सदस्य निरौलाले गरे आत्मालोचना, उपमेयरसँग मागे माफी – Nepal Press

केन्द्रीय सदस्य निरौलाले गरे आत्मालोचना, उपमेयरसँग मागे माफी

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य धर्म निरौलाले धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीबारे आफूले अभिव्यक्ति दिएको विषयमा आत्मालोचना गरेका छन् ।

एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा बोल्दै निरौलाले आफ्नो अभिव्यक्तिबाट उपमेयर भण्डारीलाई पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् । ‘मैले धरानमा बोल्दा उपमेयरज्यूलाई चित्त दुखेको रहेछ । यसप्रति म हार्दिकतापूर्वक क्षमायाचना गर्न चाहन्छु’, निरौलाले भने । उनले उपमेयरको चारित्रिक विषयमा प्रश्न उठाउँदै गत कात्तिक ९ गते एक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।

निरौला एमालेभित्र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्ने पक्षका नेता हुन् । आजै इटहरीका मेयर द्वारिकलाल चौधरीले केन्द्रीय सदस्यले जिल्ला कमिटी बैठकको अध्यक्षता गर्न नमिल्ने भन्दै बहिस्कार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर