प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँचजना सर्वोच्चबाट पक्राउ – Nepal Press

प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँचजना सर्वोच्चबाट पक्राउ

काठमाडौं । नेपाल बारको आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरबाट पाँचजना पक्राउ परेका छन् । ‘आन्दोलनमा भाँजो हाल्न आएका विचौलिया’ भन्दै बारका वकिलहरु जाइलागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् । उनीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ । बारका वकिलहरुले प्रधानन्यायधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने तयारी गरिरहँदा उनीहरु त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।

‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायधीश जिन्दावाद’ जस्ता नारा लगाएपछि आन्दोलित वकिलहरु उनीहरुमाथि आक्रमण गर्न तम्सेका थिए । त्यसपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर