प्रधानन्यायाधीशबारे धारणा बनाउन देउवालाई मन्त्रीहरुको आग्रह, देउवाले दिए पुरानै जवाफ – Nepal Press

प्रधानन्यायाधीशबारे धारणा बनाउन देउवालाई मन्त्रीहरुको आग्रह, देउवाले दिए पुरानै जवाफ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायपालिकाभित्र उठेका प्रश्नहरुको समाधान न्यायपालिकाभित्रै खोजिनुपर्ने बताएका छन् ।

बिहीबार गृहमन्त्री बालकृष्ण खाण, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले न्यायपालिकाको विषयमा सरकार वा दलले हस्तक्षेप गर्न नहुने बताएका हुन् । ‘अहिले देखिएको गतिरोध न्यायालयको आन्तरिक विषय हो । हामीले यसो गर उसो गर भन्न मिल्दैन’, देउवालाई उधृत गर्दै छलफलमा सहभागि एक मन्त्रीले भने ।

छलफलमा देउवाले न्यायालयको सेवाहरु प्रभावित भएको तर्फ आफू चिन्तित रहेको तर शक्ति पृथकीकरण सिद्धान्त अनुसार सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए । मन्त्रीहरुले भने न्यायालय विवादबारे सरकारले धारणा तय गर्नुपर्ने बताएका थिए ।

‘न्यायालयको समस्या समाधानका लागि औपचारिक वा अनौपचारिक ढंगबाट हुनसक्ने प्रयासबारे छलफल गर्यौ । हामीले गतिरोध लम्बिन दिन नहुनेमा प्रधानमन्त्रीलाई जानकारी गरायौं’, बैठकमा सहभागि मन्त्रीले भने ।

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर