युवा नेता रमेश मल्ललाई अध्यक्ष प्रचण्डको सचिवालय कमाण्डको जिम्मा – Nepal Press

युवा नेता रमेश मल्ललाई अध्यक्ष प्रचण्डको सचिवालय कमाण्डको जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर गरेको छ । लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाएर उनको ठाउँमा रमेश मल्ल पठाइएको छ ।

माओवादी प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव थिए । युवा नेता मल्ललाई सचिवालयमा ल्याएर प्रचण्डको सचिवालयलाई गतिशील बनाउन खोजिएका नेताहरुले बताएका छन् ।

प्रचण्डको स्वकीय सचिव गंगा दाहाल यथावत रहनेछिन् भने प्रेस संयोजक रहेका विष्णु सापकोटालाई प्रेस संगठनको काममा लगाइने भएको छ । सापकोटा प्रेस संगठनका महासचिव हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर