साझा उम्मेदवार नदिए नेतृत्व परिवर्तन असम्भव : महामन्त्री कोइराला – Nepal Press

साझा उम्मेदवार नदिए नेतृत्व परिवर्तन असम्भव : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट एकमात्रै उम्मेदवार नभए नेतृत्व परिवर्तन सम्भव नहुने बताएका छन् ।

बत्तीसपुतलीमा आयोजित इतर समूहको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने ४ जनामध्ये १ जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्ने बताए । साझा उम्मेदवार बनाउन नसक्ने भए सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने कोइरालाको टिप्पणी छ ।

‘हामीले साझा उम्मेदवार दिनुको विकल्प छैन । एकभन्दा बढी उम्मेदवार जो-जो लडेपनि हार निश्चित छ । एकतावद्ध नहुने हो शेरबहादुरजीलाई पार्टी बुझाइदिए हुन्छ’, कोइरालाले भने ।

उनले साझा उम्मेदवार चयनका लागि संवाद जारी रहेको बताए । ‘आज प्रकाशमानजी हुनुहुन्न त्यसैले धेरै कुरा भएन । रामचन्द्र दाई, प्रकाशमानजी, शेखरदा र म बसेर सहमतिको प्रयास गर्छौं’, कोइरालाले भने । सहमतिका लागि आफू बाधक नबन्ने भन्दै महामन्त्री कोइरालाले पार्टी जोगाउन एकताको विकल्प नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर