एमाले महाधिवेशनका लागि रोल्पाबाट सात प्रतिनिधि सर्वसम्मत चयन – Nepal Press

एमाले महाधिवेशनका लागि रोल्पाबाट सात प्रतिनिधि सर्वसम्मत चयन

रुपन्देही । नेकपा एमालेको महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट रोल्पा जिल्लाले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट गरेको छ ।

रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाका अनुसार सात जना प्रतिनिधि छनौट सर्वसम्मत चयन भएका हुन् । आकांक्षी धेरै भएपनि सबैलाई चित्त बुझाएर सर्वसम्मत बनाइएको उनले बताए ।

रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार वली चयन भएको जिल्ला अध्यक्ष बुढाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर