डडेल्धुरा कांग्रेसको पत्रकार सम्मेलन आज – Nepal Press

डडेल्धुरा कांग्रेसको पत्रकार सम्मेलन आज

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले क्रियाशील सदस्यताको विवादबारे आज पत्रकार सम्मेलन गर्दैछन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै जिल्ला सभापति मल्ल पक्षले डडेल्धुराको वडा अधिवेशन बहिस्कार गरेको थियो । बरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ती नै जारी गरेर डडेल्धुरामा अधिवेशन स्थगन गर्न माग गरेका थिए ।

त्यस्तै नेता डा.शेखर कोइराला डडेल्धुरा नै पुगेर मल्ल पक्षको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । मल्ल पक्षले डडेल्धुराको समस्या समाधान नगरे मंसिर १ गतेदेखि केन्द्रीय कार्यालयमै अनसन सुरु गर्ने तयारी गरिएको छ ।

यीनै विषयमा धारणा सार्वजनिक गर्न मल्लले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज ११ बजे पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर