चितवनका पत्रकार एवम् संरक्षणकर्मी घिमिरेले त्यागे कांग्रेस, तत्काल कुनै पार्टीमा नलाग्ने – Nepal Press

चितवनका पत्रकार एवम् संरक्षणकर्मी घिमिरेले त्यागे कांग्रेस, तत्काल कुनै पार्टीमा नलाग्ने

चितवन । चितवनका पत्रकार एवं संरक्षणकर्मी अपिल घिमिरेले नेपाली कांग्रेस परित्याग गरेको जनाएका छन् । उनले कांग्रेसमा रहन नसक्ने भन्दै कांग्रेस छाडेको जनाएका छन् ।

पत्रकार महासंघ चितवनको सदस्यसमेत रहेका घिमिरेले पेशागत र संरक्षणको काममा लाग्ने भन्दै कांग्रेस छाडेको जनाएका छन् । ‘म सबैको साझा मान्छे हुन चाहन्छु, सबैसँग सहकार्य गरेर अघि बढ्न चाहान्छु, कुनै एउटा पार्टीमा तत्काल नरहने निष्कर्षमा पुगेर कांग्रेस छाडेको हो’ घिमिरले भने, ‘भोलि कहींकतै विचार र आस्था मिल्यो भने सोचौंला तत्काललाई कुनै पार्टीमा रहन्न ।’

उनी पश्चिम चितवनको पार्वतीपुरमा रहेको रेडियो प्रभावका स्टेशन म्यानेजरसमेत हुन् । विषेशगरी वातावरण र गैंडाको संरक्षणमा उनले विभिन्न अभियानहरु चलाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर